प्रेस मञ्च धनुषाको अध्यक्षमा दोस्रो कार्यकालका लागि पुनः अर्जुन मण्डल

जनकपुरधाम, २४ भदौ । प्रेस मञ्च नेपाल धनुषाको जिल्ला अध्यक्षमा पुनः दोस्रो कार्यकालका लागि अर्जुन मण्डल सर्वसहमत चयन भएका छन् ।
शुक्रवार जनकपुरधाममा भएको जिल्ला अधिवेशनबाट मण्डलको नेतृत्वमा १७ सदस्यीय धनुषा जिल्ला कार्यसमिति चयन भएको हो ।
त्यस्तै, मञ्चको उपाध्यक्षमा विरेन्द्र साह, महिला उपाध्यक्षमा आरती मण्डल, सचिवमा आमिन राईन, सहसचिवमा विशाल दुबे र संतोष कुमार यादव तथा कोषाध्यक्षमा विनय यादव सर्वसहमत चयन भएका छन् ।
मञ्चको सदस्यहरूमा अयुब हुसैन, तनबीर राईन, सुमित कुमार सिंह, संतोष झा, आरती कुमारी साह, प्रिया कर्ण, धर्मेन्द्र सहनी, धिरज कर्ण, शिवम ईश्वर र
निशान्त कुमार ओझा रहेका छन् ।
मण्डलको अध्यक्षतामा भएको पहिलो जिल्ला अधिवेशनका प्रमुख अतिथि प्रदेशसभा सदस्री रामअशिष यादवले पत्रकारकै कलमका कारण मुलुकमा परिवर्तन हुँदै आएकोले सत्यतथ्य समाचार जनता सामु पुर्याउन आग्रह गरे ।
उनले जनताको हितमा निर्भिक, निष्पक्ष र तटष्ट भई आफ्नो कलम चलाउन पत्रकारहरूसँग आग्रह गरे ।
जिल्ला अधिवेशनको उद्घाटन सत्रमा मञ्चका केन्द्रिय उपाध्यक्ष आतिश मिश्र, मिडिया काउन्सिलका सदस्य कैलास दास, चलचित्र विकास बोर्डका सदस्य अशोक दत्त, पुष्पा यादव, प्रदेश संयोजक मुकेश ठाकुर, जनकपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष अम्भु प्रसाद साह, प्रेस चौतारीका धनुषा अध्यक्ष अवधेश कामत सहितका वक्ताहरूले आ-आफ्ना धारणा राखेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


