टाटा सुमोको ठक्करबाट पैदल यात्रीको मृत्यु

बारा, २४ भदौ । बारामा टाटा सुमोको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ ।
जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–१ मा टाटा सुमोले ठक्कर दिँदा वडा नं. १६ पिलुवा घर भइ हुलास जस्ता उद्योगमा सुरक्षा गार्डको काम गर्ने ४० वर्षीय दिपक मैनालीको मृत्यु भएको हो ।
काठमाडौंबाट कलैया जाँदै गरेको ना १ ज ८८०६ नम्बरको टाटा सुमोले उनलाई ठक्कर दिएको थियो ।
गाडीको ठक्करबाट घाइते भएका उनको अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


