धनुषामा नाबालिग बलात्कार मुद्दाका आरोपित दोषी ठहर

जनकपुरधाम, २४ भदौ । जिल्ला अदालत धनुषाले तीन वर्षदेखि विचाराधीन नाबालिग बलात्कारको मुद्दा किनारा लगाएको छ ।
बलात्कृत भएकी बालिकाको मुद्दामा आरोपितलाई कसुरदार ठहर्याउँदै मुद्दा किनारा लगाइएको हो । सजाय भने अझै निर्धारण गर्न बाँकी रहेको छ ।
सजाय निर्धारणका लागि भदौ २७ गते पेसी तोकिएको जिल्ला अदालत धनुषाले जनाएको छ । २०७६ वैशाख १५ मा क्षिरेश्वर नगरपालिका–५ महेन्द्रनगरका राजकुमार साहले छिमेकी १४ र १२ वर्षे नाबालिकालाई बेहोस बनाएर बलात्कार गरेका थिए । भदौ २० गते न्यायाधीश नारायणप्रसाद सुवेदीको इजलासले आरोपित साह दोषी रहेको ठहर गरेको छ ।
घटनाको एक महिनापछि १० जेठमा जिल्ला अदालतले आरोपितलाई थुनामा राख्न आदेश दिएको थियो । थुनामा पठाइसकेपछि २८ असोजमा यो मुद्दा पहिलोपटक अदालतमा पेसी चढेको थियो । पेसी चढेको पहिलो दिनको सुनुवाइ स्थागित भयो । त्यसयता २८ पटक यो मुद्दा पेसीमा चढ्यो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


