कटारीका लेखा अधिकृत ढकाललाई ९ वर्ष कैद सजाय गर्ने फैसला

काठमाडौं, २३ भदौ । विशेष अदालतले उदयपुरको कटारी नगरपालिकाका लेखा अधिकृत रविनचन्द्र ढकाललाई ९ वर्ष कैद सजाय गर्ने फैसला गरेको छ ।
तीन फरक भ्रष्टाचार मुद्दामा विशेष अदालतले उनलाई एकसाथ सजाय तोकेको हो ।
उनीमाथि सरकारी रकम हिनामिना गरी आफ्नो खातामा रकम जम्मा गरेको आरोप थियो ।
उनीमाथि उदयपुरको कटारी, इलामको माई र सोलुखुम्बु जिल्ला अस्पतालमा कार्यरत रहँदा भ्रष्टाचार गरेको आरोप थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


