दाङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

दाङ, २२ भदौ । दाङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ट्रकका सहचालक रुपन्देहीको रोहिनी गाउँपालिका–६ का सखर खाँ रहेको प्रहरीले जनाएको छ ।
उनको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख झविन्द्र परियारले जानकारी दिए ।
ट्राफिक प्रहरी प्रमुख परियारका अनुसार घोराहीबाट भैसीको छाला बाकेर भैरहवातर्फ जाँदै गरेको लु २ ख ५९३ नम्बरको ट्रक घोराही–३ चौपट्टाको ओरालोमा बुधबार दिउँसो साढे १ बजे दुर्घटनामा परेको हो ।
ट्रक ब्रेक फेल भएर दुर्घटना भएको उनले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


