कांग्रेस महामन्त्री गगन थापाको नाम सप्तरी–१ बाट पनि सिफारिस

जनकपुरधाम, २१ भदौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा प्रतिनिधिसभा उम्मेदवारको रूपमा सप्तरी–१ बाट पनि सिफारिस भएका छन् ।
क्षेत्रीय समितिको बैठकले महामन्त्री थापासहित तीनजनाको नाम सिफारिस गरेको क्षेत्रीय सभापति ललन गुप्ताले जानकारी दिए ।
उनका अनुसार थापासहित पार्टीका जिल्ला सभापति रामदेव साह र शत्रुधन यादवको नाम सर्वसम्मत रूपमा प्रतिनिधिसभा सदस्य पदका लागि सिफारिस गरिएको छ ।
थापाको नाम सर्लाही–४ बाट पनि सिफारिस भइसकेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


