बारामा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु

बारा, २० भदौ । बारामा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको कलैया उपमहानगरपालिका–२३ कोईरीया टोलमा मोटरसाइकल दुर्घटना हुँदा स्थानीय ३२ वर्षीया हजरा खातुनको मृत्यु भएको हो ।
गम्भिर घाइते भएकी उनको उपचारका क्रममा कलैया प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी मोटरसाइकल चालक घाइते भएका छन् । घाइते चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
वीरगञ्जबाट कलैयातर्फ आउँदै गरेको ना २४ प १३९४ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पल्टिएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


