जनकपुरधाम, २० भदौ । मधेस प्रदेशका सभामुख सरोजकुमार यादवलाई पितृशोक परेको छ ।

सभामुख यादवका बुबा परमानन्द प्रसाद यादवको गएराति देहावसान भएको हो ।

यादवको ८० वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

स्व. यादव मधुमेह रोगबाट पीडित थिए ।

सद्भावना पार्टीको स्थापनाकालदेखि नै उनी अनवरत रुपमा गजेन्द्र नारायण सिंहसँग राजनीतिक रुपमा आवद्ध भई गाउँको मुखियासमेत बनेका थिए ।

मधेस र मधेशीको अधिकारका लागि स्व.यादव सुरुदेखि नै गजेन्द्र पथमा चलिरहेका थिए ।