जनकपुरधाम, १९ भदौ । आगामी मंसिर ४ गते हुने प्रदेशसभा निर्वाचनका लागि मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको नाम पर्सा क्षेत्र नम्बर–१ को (२) बाट सिफारिस गरिएको छ ।

जनता समाजवादी पार्टी नेपालले मुख्यमन्त्री राउतलाई सो क्षेत्रबाट प्रदेशसभा सदस्यको उम्मेदवारका लागि नाम सिफारिस गरेको हो ।

मुख्यमन्त्री राउतको पर्सा १ को (२) बाट एकल नाम सिफारिस गरिएको पार्टीका पर्सा सचिव तवरेज अहमदले जानकारी दिए ।

२०७४ सालको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट उम्मेदवार बनेका राउत ९ हजार ८०४ मत ल्याएर विजयी भएका थिए ।