महोत्तरी २ को (१) बाट मञ्जु यादवको नाम सिफारिस

जनकपुरधाम, १९ भदौ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा प्रदेशसभातर्फ नेकपा एकीकृत समाजवादीकी नेतृ मञ्जु कुमारी यादवको नाम सिफारिस भएको छ ।
हाल समानूपातिक प्रदेशसभा सदस्य रहेकी मञ्जुको नाम महोत्तरी क्षेत्र नम्बर २ को (१) बाट प्रत्यक्षतर्फ सिफारिस भएको हो ।
यसअघि समाजवादीको भंगहा नगर कमिटीबाट पनि उनको नाम एकल सिफारिस भएको थियो ।
सो क्षेत्रबाट अहिले लोकतान्त्रिक समाजवादी पार्टीका जयनुल राइन निर्वाचित छन् ।
एकीकृत समाजवादीको महोत्तरी जिल्ला कमिटी बैठकले सो क्षेत्रबाट पहिलो नम्बरमा प्रत्यक्ष तर्फ सांसद यादवसहित तीनजनाको नाम सिफारिस गरेको हो ।
दोस्रो नम्बरमा विशेश्वर साफी र निर्मला देवी पासवानको नाम सिफारिस गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


