प्रतिबन्धित लागूऔषधसहित सिरहाबाट एक युवक पक्राउ

सिरहा, १८ भदौ । प्रहरीले प्रतिबन्धित लागूऔषधसहित सिरहाबाट एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिरहाको बिष्णुपुर गाउँपालिका–३ रजखोर टोल बस्ने २२ वर्षीय राजपति यादव रहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।
यादवलाई नरहा गाउँपालिका–३ नयाँ चौहर्वा चोकबाट लागूऔषध नियन्त्रण ब्युरो र ईलाका प्रहरी कार्यालयबाट खटेको संयुक्त प्रहरी टोलीले गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो ।
यादवको साथबाट प्रहरीले कोडिवेल नामक ८८ बोतल लागूऔषध बरामद गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


