नक्कली नोट बनाउने कागजातसहित सर्लाहीबाट एक युवक पक्राउ

सर्लाही, १८ भदौ । सशस्त्र प्रहरीले नक्कली नोट बनाउने कागजातसहित सर्लाहीबाट एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोटको ककनी गाउँपालिका बस्ने ३२ बर्षीय हिरामान लामा रहेका छन् ।
नेपाल–भारतको सीमावर्ती क्षेत्र बहादुरपुरबाट लामाको साथबाट नक्कली नोट बनाउने नमुना कागज बरामद भएको सशस्त्र प्रहरी मधेस प्रदेशका डिआईजी गणेशठाडा मगरले जानकारी दिए ।
गोडैता नगरपालिका–३ सिमरा भगवतीपुर बजारमा खटेको सशस्त्र प्रहरीको टोलीले ठुलो परिमाणमा नक्कली नोट तयार गर्ने कागजको बण्डल बरामद गरेको हो ।
प्रहरीले नगद ४० हजार रुपैयाँ र सय दरका नक्कली नोट बनाउने ६९ बण्डल कागज बरामद गरेको हो भने पक्राउ परेका लामाको साथबाट १७ हजार नगद, माच्छापुच्छ्रे बैँकको ३० लाख ६० हजारको एक थान चेक, ग्लोबल आईएमई बैँकको चेक पासपोर्ट, बिलबुक र मोवाइल एक÷एक थान, दुई थान एटिएम कार्ड र नागरिकता बरामद गरिएको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


