सप्तरीबाट एकैदिन १६ जना प्रतिवादी पक्राउ

सप्तरी, १७ भदौ । सप्तरी प्रहरीले विभिन्न मुद्दामा अदालतबाट सजाय पाएर फरार रहेका १६ जना प्रतिवादीलाई एकैदिन पक्राउ गरेको छ ।
जिल्लाको विभिन्न स्थानबाट १६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा गाली बेइजती र कुटपिटको मुद्दा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


