सप्तकोशीको बाढीले कटान गरेको भूभाग संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं, १७ भदौ । सरकारले सप्तकोशीमा आएको बाढीले कटान गरेको भूभागलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै सप्तकोशी नदीमा आएको बाढीबाट भौतिक क्षति भएको भू–भागलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको हो ।
मन्त्रालयका अनुसार उदयरपुर जिल्लाको बेलका नगरपालिकाको वडा नम्बर १, २, ३, ८ र ९ लाई यस्तो क्षेत्र घोषणा गरिएको छ ।
सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका वडा नम्बर ६, ७ र ९ तथा कञ्चनरुप नगरपालिकाको वडा नम्बर १, २, ४, ५, ६ र १० लाई समेत संकटग्रस्त क्षेत्र घोषणा गरिएको मन्त्रालयले जनाएको छ ।
सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका वडा नम्बर ६, ७ र ९ लाई समेत यस्तो क्षेत्र भित्र समेटिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


