विराटनगरमा साइकल दुर्घटनामा परेर एक पुरुषको मृत्यु

विराटनगर, १६ भदौ । विराटनगर महानगरपालिका–१८ मा साइकल पल्टिदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा साइकलयात्री मोरङकै जहदाका ४६ वर्षीय दिपचन शर्मा रहेका छन् ।
साइकलमा सवार उनी बुधबार बेलुकी पौने ८ बजे साइकल पल्टिदा कल्भर्टमा खसेका थिए । उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय रानी मोरङले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


