वीरगञ्जमा बसको ठक्करबाट एकजनाको मृत्यु

पर्सा, १६ भदौ । वीरगञ्जमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।
बसको ठक्करबाट रौतहट मौलापुर नगरपालिका–५ पतौरा बस्ने ६५ वर्षीय तुलसी साहको मृत्यु भएको हो । दुर्घटनामा परी सोही ठाउँ बस्ने ३१ वर्षीय रामसागर साह घाइते भएका छन् ।
वीरगञ्ज महानगरपालिका–१५ ब्रह्मचोकस्थित बाइपास सडकखण्डमा प्रतिमा चोकबाट वीरगञ्ज बसपार्कतर्फ आउँदै गरेको ना ४० प ९४७९ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको ना ७ ख १८३७ नम्बरको बसले ठक्कर दिएको थियोे ।
दुर्घटनामा घाइते भएका दुबै जनालाई उपचारको लागि नारायणी अस्पतालमा पठाइएकोमा तुलसीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिए ।
दुर्घटनामा घाइते भएका रामसागर उपचारपछि घर फर्किएको तथा बसका चालक ललितपुर महानगरपालिका–१३ नखु बस्ने प्रविनकुमार रजकलाई नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


