सप्तरीका युवाहरू पनि टिकटक बन्द अभियानमा जुटे

सप्तरी, १५ भदौ । मधेस प्रदेशको धनुषा, महोत्तरी, सिरहा र रौतहट जिल्ला पछि अब सप्तरीका युवाहरु पनि टिकटक बन्द गर्नुपर्ने अभियानमा जुटेका छन् ।
समाजमा अश्लील हर्कत बढिरहेको अवस्थामा टिकटक बन्द संघर्ष समिती बनाएर युवाहरु विरोधमा उत्रेका हुन् ।
युवाहरुले टिकटक बन्द गर, टिकटकमा अश्लील भिडियो बनाउनेलाई कारवाही गर ,टिकटक भगाऊ, संस्कृतिक बचाऊलगायतका नारासहित व्यापक विरोध प्रदर्शन गरेका छन् ।
संघर्ष समितीद्वारा आयोजित विरोध कार्यक्रममा सहभागी युवाहरुको नगरको विभिन्न भागको परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा ज्ञापनपत्र बुझाएको संघर्ष समितिका जिल्ला संयोजक सचिदानन्द यादवले जानकारी दिए ।
समाजमा अश्लीलताको हर्कतले सीमा नाघ्दै भोजपुरी, मैथली, नेपाली गीत संगीतलाई समेत नाटकीय ढंगबाट खिल्ली उडाउँदै महिला, पुरुष, वृद्धवृद्धालगायत सबै टिकटकको व्यापक दुरुपयोगमा लागेको युवाहरूको आरोप छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


