जनकपुरधाम, १४ भदौ । जनकपुरधाम उपमहानगरपालिकाले मंगलबार सार्वजनिक बिदा दिएको छ ।

मिथिलाञ्चलमा मनाइने चौरचन पर्वको लागि उपमहानगरले सार्वजनिक बिदा दिएको हो ।

मंगलवारका दिन चौरचन पर्व परेकाले उपमहानगर तथा अन्तर्गतका सम्पूर्ण कार्यालयहरुमा सार्वजनिक बिदा दिईएको बरिष्ठ उपसचिव मिहिलाल यादवले जानकारी दिए ।

जनकपुरधामसहित तराई मधेशको जिल्लामा आज राती चौरचन पर्व मनाइँदै छ ।