सर्लाही, १४ भदौ । सर्लाही प्रहरीले प्रतिबन्धित लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लालबन्दी नगरपालिका–४ बस्ने १८ वर्षीय अनिष कुशुवार रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

सर्लाहीको कबिलासी नगरपालिका–७ गैरस्थित सशस्त्रको चेकप्वाईन्ट टोलीले शंकाको आधारमा युवकलाई चेकजाँच गर्दा नाईट्रोभेट १० ट्याब्लेट फेला परेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बिजय यादवले जानकारी दिए ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।