भन्सार छली गरेर ल्याएको पौने चार लाखको सामानसहित तीनजना पक्राउ

सप्तरी, १४ भदौ । सप्तरी प्रहरीले भारतबाट भन्सार छली गरेर ल्याएको पौने चार लाखको सामानसहित तीनजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको शिवहर जिल्ला थाना श्यामपुर भटहा–२ बस्ने ४२ वर्षीय दिनानाथ शाह, २४ वर्षीय रञ्जय साह र २१ वर्षीय सुजित कुमार साह रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
शम्भूनाथ नगरपालिका–१२ र राजविराज नगरपालिका–५ स्थित भारतबाट भन्सार छलेर अबैध रुपमा किराना सामान, बिजुलीका सामान, लत्ताकपडाहरु लिएर आइरहेका तीनैजनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।
प्रहरीले बरामद गरेको ३ लाख ७६ हजार ३० रुपैयाँ बराबरको सामान आवश्यक कारवाहीका लागी राजविराज भन्सार कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


