टिकटक बन्द गर्नुपर्ने माग गर्दै जनकपुरधाम र सिरहामा युवाहरूले गरे प्रदर्शन

जनकपुरधाम, १३ भदौ । सामाजिक सञ्जाल टिकटक बन्द गर्नुपर्ने माग गर्दै जनकपुरधाम र सिरहामा स्थानीय युवाहरूले प्रदर्शन गरेका छन् ।
टिकटकमा अश्लिलता प्रदर्शन गर्नुका साथै संस्कृतिसमेत बिग्रिरहेको भन्दै युवाहरुले संघर्ष समिति बनाएर प्रदर्शन गरेका हुन् ।
टिकटक बन्द गर्नुपर्ने, टिकटकमा अश्लिल भिडियो बनाउनेलाई कारवाही गर्नुपर्नेलगायतका माग गर्दै उनीहरूले प्रदर्शन गरेका छन् ।
युवाहरूले टिकटक बन्द गर्नुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र स्थानीय सरकारलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।
टिकटक बन्द संघर्ष समिति धनुषाका आदर्श मण्डलले टिकटकमा अश्लिलता बाहेक अन्य केही नदेखिएको र यसले समाजमा विकृति फैलाइरहेकाले बन्द गर्नुपर्ने आवश्यकता रहेको बताए ।
यसअघि मधेस प्रदेशको रौतहट र महोत्तरी जिल्लामा पनि स्थानीय युवाहरूले टिकटक बन्द गर्नुपर्ने माग गर्दै प्रदर्शन गर्नुका साथै ज्ञापनपत्र पनि बुझाएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


