१४ ग्राम ब्राउन सुगरसहित ६ जना पक्राउ

मोरङ, १३ भदौ । प्रहरीले १४ ग्राम ६१ मिली ग्राम ब्राउन सुगरसहित ६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनससरीको रामधुनी नगरपालिका–८ बस्ने २७ वर्षीया सरस्वती गुरूङ, सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिका– १० बस्ने २६ वर्षीय विकास थापा, मोरङको विराटनगर महानगरपालिका– १५ बस्ने २४ वर्षीय बरूण साह रहेका छन् ।
यस्तै विराटनगर महानगरपालिका–३ बस्ने ३० वर्षीय आशिस हमाल, धरान उपमहानगरपालिका– १३ बस्ने ३० वर्षीय सुलभ रिजाल र धरान उपमहानगरपालिका–२० बस्ने २३ वर्षीय रोशन लिम्बुलाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ ।
पक्राउ परेका उनीहरुमाथि मोरङ जिल्ला अदालतबाट लागू औषध कसूरमा ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


