रौतहटबाट २०४ किलो अवैध लागुऔषध गाँजा बरामद

रौतहट, १३ भदौ । रौतहट प्रहरीले सदरमुकाम गौरबाट २०४ किलो अवैध लागुऔषध गाँजा बरामद गरेको छ ।
गएराति १ बजेको समयमा गौर–२ बकैया नदीको किनारबाट सो गाँजा बरामद भएको हो ।
अस्थायी प्रहरी पोष्ट महादेवपट्टी र सशस्त्र प्रहरीबल नेपाल वेस क्याम्प गौरबाट खटिएको संयुक्त गस्ती टोलीले सो गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
भारततर्फ लैजादै गरेको १७ वटा पोकामा रहेको सो गाँजा सुरक्षाकर्मीलाई देखेपछि तस्कर समुहले फालेर भागेको र उक्त लागु औषध वेवारीसे अवश्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता, डिएसपी सुनिल मल्लले बताए ।
बरामद भएको गाँजाका बारेमा थप अनुसन्धान भइरहेका डिएसपी मल्लले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


