जनकपुरधाम, १२ भदौ । धनुषाको औरही गाउँपालिका–१ स्थित श्रीराम जानकी माध्यमिक विद्यालयका प्रधानाध्यापक मदन कुमार महराको नेतृत्वमा दलित कर्मचारी समाज धनुषा गठन गरिएको छ ।

जिल्लाभरका दलित कर्मचारीहरुको हकहित गर्ने मूल उद्देश्यका साथ समाजको तदर्थ समिति गठन गरिएको हो ।

समाजको उपाध्यक्षमा उपेन्द्र दास शशि, सचिवमा सुदिप कुमार मण्डल, सह–सचिवमा सत्यनारायण पासवान, कोषाध्यक्षमा शिला देवी महरालाई सर्वसम्मत चयन गरिएको हो ।

समाजको सदस्यहरुमा राजेश्वर महरा, रामबाबु दास, चन्दन रजक र रामपुकार महरा चयन भएका छन् । समाजमा बाँकी सदस्यहरु पछि समावेशी बनाउन महिला र अन्य कलष्टरबाट थपिने बताइएको छ ।

समितिको सल्लाहकारहरुमा महावीर दास, शुभनारायण महरा, जितेन्द्र पासवान, राम सरोज दास र दिपनारायण रजक रहेका छन् ।

दलित कर्मचारी समन्वय समिति धनुषाको आयोजना, शुभनारायण महराको अध्यक्षता एवम् दलित विकास समिति मधेस प्रदेशका उपाध्यक्ष राम प्रवेश वैठाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा वागमती प्रदेशका पूर्व सचिव मान बहादुर विश्वकर्मा, दलित अगुवा चन्देश्वर सदा, रामो महरा, राष्ट्रिय दलित कर्मचारी समाजका सदस्य हेट नारायण रम्तेल, मानव अधिकारकर्मी विनोद महरा, राजु पासवान, मनोहर महरालगायतकाहरुको उपस्थिती रहेको थियो ।