एकनाले भरुवा बन्दुक सहित एकजना पक्राउ

दाङ, १२ भदौ । प्रहरीले दाङको गढवा गाउँपालिका–७ स्थित ज्योती सामुदायिक वनबाट एकनाले भरुवा बन्दुक सहित एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा राजपुर गाउँपालिका–१ घर भएका ४२ वर्षीय रामबहादुर चौधरी छन् ।
आरोपीको साथबाट करिब १ सय ग्राम बारुद, ४ थान केप, १९ वटा फलामको गोली र १ सय २६ वटा फलामको छर्रा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
पक्राउ परेका आरोपीमाथि इलाका प्रहरी कार्यालय गढवाले अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


