दाङमा १७ वर्षीया किशोरी बलात्कृत

दाङ, १२ भदौ । दाङमा १७ वर्षीया एक किशोरी बलात्कृत भएकी छन् ।
ती किशोरीलाई बलात्कार गरेको अभियोगमा बबई गाउँपालिका–५ हुरुम बस्ने २१ वर्षीय एक्क बहादुर अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
अधिकारीले ती किशोरीलाई ललाई फकाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


