सवारी दुर्घटनामा प्रहरी हवल्दारको मृत्यु, तीनजना घाइते

काठमाडौं, १२ भदौ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ अर्थोपेडिक अस्पताल नजिकै स्कुटर र मोटरसाइकल एकआपसमा ठोक्किदा स्कुटर चालकको मृत्यु भएको छ । दुर्घटनामा तीनजना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा काठमाडौंकै शंकरापुर नगरपालिका–५ पालुबारीका ३५ वर्षीय बाल कुमार कटुवाल रहेका छन् । अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा उपचारको क्रममा कटुवालको गएराति पौने १२ बजे उनको मृत्यु भएको प्रहरीले जानएको छ ।
कटुवाल प्रहरी प्रभाग साँखुमा कार्यरत प्रहरी हवल्दार रहेका थिए । दुर्घटनामा घाइते भएका स्कुटरमा पछाडि जोरपाटी बस्ने ३१ वर्षीय सुरेश राई र मोटरसाइकल चालक भक्तपुरका सुमन श्रेष्ठको उपचार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा र मोटरसाइकलमा पछाडि सवार भक्तपुरकै २० वर्षीय रोजित गाइजुको उपचार भने थापाथलीस्थित नर्भिक अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


