झापा, ११ भदौ । प्रहरीले पत्नीको हत्या गरेको आरोपमा झापाबाट एक जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्लाको झापा गाउँपालिका –६ स्थित चन्द्रबस्तीका ४० वर्षीय नाइके हास्दालाई पक्राउ गरिएको प्रहरीले जनाएको हो ।

शुक्रबार राति १०ः १० बजे ३५ वर्षीया पत्नी तालामाईको कोखामा हतियार प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए ।

श्रीमतीको हत्या गरी फरार भएका उनलाई शनिबार बिहान ८ बजे नेपाल–भारत सीमा नजिकै कचनकवल–१ बाट पक्राउ गरिएको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।