गृहकार्य नगरेको भन्दै शिक्षकले कुट्दा एक छात्रा गम्भीर घाइते

महोत्तरी, ११ भदौ । महोत्तरीमा शिक्षकको कुटाइबाट एक छात्रा गम्भीर घाइते भएकी छन् ।
जिल्लाको औरही नगरपालिकास्थित प्रसाद माध्यमिक विद्यालयमा अध्ययनरत एक छात्रा शिक्षकको कुटाइबाट घाइते भएकी हुन् ।
कक्षा ६ मा अध्ययनरत आरतीकुमारी महरालाई गृहकार्य नगरेको भन्दै शिक्षकले निर्ममतापूर्वक बाँसको लठ्ठीले हानेर घाइते बनाएका छन् ।
विज्ञान विषयका शिक्षक दिपेश यादवले गृहकार्य नगरेको भन्दै महरालाई निर्घात कुटपिट गरेको परिवारजनको आरोप छ । बालिकाको शरीरभरी लठ्ठीको सुम्ला छ । यसैको पीडाले ज्वरो आएको उपचारमा संलग्न स्वास्थ्यकर्मीले जानकारी दिए ।
विद्यालयले पनि शिक्षक यादवले कुटेको स्विकार गरेको छ । कुटाइपछि होहल्ला भएपछि अभिभावक राखेर घटना गुपचुप बनाउन खोजेको अभिभावकहरूको गुनासो छ ।
विद्यालयका प्रधानाध्यापक शिवशरण यादवले आफुहरुलाई बोलाएर उपचार खर्च भन्दै पैसा दिन खोजेको तर आफुहरुले नमानेको बालिकाका बुवा साजेन्द्र महराले बताए ।
उनले शिक्षक यादवलाई कडा कारवाही गर्नुपर्ने माग गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


