हजुरआमाको श्राद्धमा हुने खर्चले एम्बुलेन्स किन्ने वडाध्यक्षको निर्णय

सिरहा, १० भदौ । सिरहाको सिरहा नगरपालिका वडा नम्बर–६ का वडाध्यक्ष इन्द्रजीत यादवले श्राद्धमा हुने खर्चले एम्बुलेन्स किन्ने निर्णय गरेका छन् ।
वडाध्यक्ष यादवले एक साताअघि बितेका आफ्ना हजुरआमाको श्राद्धको भोज नगर्ने र त्यो रकमले एम्बुलेन्स किन्ने बताएका हुन् ।
उनले सुरुमा श्राद्धको भोज गर्नुपर्छ भन्ने सबैको सहमति भएपनि पछि भोजको खर्च जोड्दा साढे ५ लाख रुपैयाँ हुने देखिएपछि निर्णय परिवर्तन गरेको बताए ।
यादवले अब त्यो रकममा अरु केहि रकम थपेर एम्बुलेन्स किन्ने छन् । उनले एम्बुलेन्स किन्नका लागि प्रक्रिया सुरु गरिसकेको समेत बताए ।
एम्बुलेन्स आएपछि सामान्य शुल्कमा सर्वसाधारणलाई उपलब्ध गराइने उनले बताए ।
एम्बुलेन्स आएपछि एउटा समिति नै बनाउने र समितिले निर्धारण गरेको शुल्क लिएर सेवा प्रवाह गर्ने उनले बताए । उनले ‘इन्धन र चालकको खर्च मात्रै लिएर एम्बुलेन्स सेवा प्रदान गर्ने बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


