जनकपुरधाम, १० भदौ । कुमारी आमा निहारिका राजपुतलाई मधेस प्रदेश सरकारले ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

निहारिकालाई कानूनी लडाइ लड्न ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय मन्त्रिपरिषद्बाट भएको सरकारका प्रवक्ता एवम् अर्थमन्त्री शैलेन्द्र साहले जानकारी दिए ।

आफू बलात्कृत भएको र बलात्कारीलाई अदालतले संरक्षण गरेको भन्दै महोत्तरीको जलेश्वर घर भएकी निहारिका काठमाडौंमा लामो समयदेखि आन्दोलनरत छिन् ।

निहारिकाले धनुषाको महेन्द्रनगरका शिवराज श्रेष्ठमाथि बलात्कारको आरोप लगाएकी थिइन् । तर जिल्ला अदालतबाट श्रेष्ठ सफाइ पाए । पछि निहारिका आन्दोलन गर्दा अदालतले डिएनए परीक्षणको आदेश जारी गरेको छ ।