७८ लाखभन्दा बढी मूल्य बराबरको भन्सार छलीका सामान बरामद

जनकपुरधाम, ९ भदौ । धनुषा प्रहरीले ७८ लाखभन्दा बढी मूल्य बराबरको भन्सार छलीका सामानहरू बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट गस्तीमा खटेको प्रहरी टोलीले जनकपुरधाम उपमहानगरपालिका–१ बाट ७३ लाख ४२ हजार ७ सय मूल्य बराबरको लत्ताकपडा लगायतका सामान बरामद गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
प्रहरीको गस्ती टोलीलाई देखेपछि ज १ च ११५१ नम्बरको पिकअपको चालक गाडी छाडेर फरार भएका थिए ।
यस्तै, जनकपुरधाम १३ स्थित मोटरसाइकलमा लोड गरी ल्याउँदै गरेको १ लाख ११ हजार ६६० रुपैयाँ बराबरको किराना सामान बरामद गरिएको हो ।
जनकपुरधाम–८ बाट ३ लाख ७१ हजार ५ सय रुपैयाँ बराबरको मोबाइलका डिस्प्ले लगायतका सरसमानहरू बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रहरीले बरामद गरेको ७८ लाख २५ हजार ८६० रुपैयाँ बराबरको सामानहरू आवश्यक कारवाहीका लागि भन्सार कार्यालय जनकपुरमा पठाइएको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


