विराटनगरमा युवाहरुबीच ‘ग्याङ फाइट’

विराटनगर, ८ भदौ । मंगलबार साँझ विराटनगरमा युवाको दुई समुहबिच ‘ग्याङ फाइट’ भएको छ । विराटनगर–१२ स्थित मल्हन्वा टोलमा गोपाल राजवंशी र राजकुमार कामतको समूहबीच ‘ग्याङ फाइट’ भएको हो ।
गत ४ भदौमा विराटनगरमा सम्पन्न राधाकृष्ण रथयात्राका दिन मोटरसाइकलले ठक्कर दिँदा भएको विषयलाई लिएर विवाद हुँदा राजवंशी र कामतको समुहबिच झडप भएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए । रथयात्राको दिन मोटरसाइकलले ठोक्किएको रिसिइबीका कारण झडप भएको उनले बताए ।
झडपमा स्थानीय ४५ वर्षीय राजकुमार कामत, ३० वर्षीय हरिचन्द्र कामत, ३३ वर्षीय कालि कामत, २२ वर्षीय दिनेश कामत, ३० वर्षीय राम शोभित राजवंशी, ३२ वर्षीय जितनारायण राजवंशी, २२ वर्षीय सन्दीप राजवंशी र २० वर्षीय गणेश राजवंशी घाइते भएका छन् ।
घाइते सवै उपचारपछि घर फर्किएको डीएसपी श्रेष्ठले बताए । उनले घटनाको विषयमा अनुसन्धान भइरहेको जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


