महोत्तरी, ८ भदौ । महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।

जिल्लाको बर्दिबास नगरपालिका–२ हङकङ डाँडामा मंगलबार राति मोटरसाइकलको ठक्करबाट स्थानीय २२ वर्षीय अञ्जन बलमपाकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका युवकको उपचारका क्रममा बुधबार बिहान सवा ८ बजे किष्ट अस्पताल ललितपुरमा मृत्यु भएको हो ।

गएराति सवा १२ बजे औरहीबाट बर्दिबासतर्फ जाँदै गरेको प्रदेश २–०३–००२ प ५७०६ नम्बरको मोटरसाइकल रोकेर शौच गर्दै गरेका बलमपाकीलाई नम्बर खुल्न नसकेको मोटरसाइकलले ठक्कर दिएको थियो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।