सप्तरीबाट कटुवा पेस्तोल र गोली बरामद

सप्तरी, ६ भदौ । सशस्त्र प्रहरीले सप्तरीको राजगढ गाउँपालिकाबाट कटुवा पेस्तोल र गोली बरामद गरेको छ ।
राजगढ गाउँपालिका–२ बनैनियाँस्थित नेपाल–भारत सीमा क्षेत्रबाट एउटा कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने एक राउण्ड गोली बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिले गस्तीमा खटिएका सशस्त्र प्रहरीलाई देख्ने बित्तिकै पेस्तोल छाडेर भागेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


