रौतहटबाट चोरीको दुई वटा मोटरसाइकलसहित दुई जना पक्राउ

रौतहट, ६ भदौ । रौतहटमा चोरीको दुई वटा भारतीय मोटरसाइकलसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मौलापुर नगरपालिका–१ का २५ वर्षीय सुनिल जयसवाल र यमुनामाई गाउँपालिका–३ का ३० वर्षीय महमद सन्नाउल्लह रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले २२० सीसीको दुई थान पल्सर मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरेको हो ।
बीआर २७ आर २३०४ र बीआर ०५ एडी ०६१४ नम्बरको मोटरसाइकलसहित दुवैजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।
विशेष सूचनाको आधारमा पक्राउ परेका दुबै जनामाथि चोरीसम्बन्धी मुद्दामा जिल्ला अदालतबाट म्याद थमाई थपअनुसन्धान सुरु गरिएको प्रवक्ता मल्लले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


