सप्तरी, ५ भदौ । सप्तरीमा नहरमा डुबेर एक बालकको मृत्यु भएको छ ।

जिल्लाको सप्तकोशी नगरपालिका–२ सिद्धिपुरस्थित नहरमा डुबेर सप्तकोसी नगरपालिका–१ का कार्यालय सहयोगी राजकुमार रामको दुई वर्षीय छोरा सन्दीप रामको मृत्यु भएके हो ।

आइतबार बिहान नहरमा डुबेर बालकको मृत्यु भएको स्थानीयले बताएका छन् । बालकको शव डुबेको ४ घण्टापछि दिउँसो १२ बजे घरदेखि डेढ किलोमिटर दक्षिण नहरमा फेला परेको प्रहरीले जनाएको छ ।

मृतक बालकको शव पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराज ल्याएको प्रहरी चौकी फत्तेपुरले जनाएको छ ।