बर्दीमै अर्केष्ट्रामा नाच्ने सई साह धनुषा गणमा तानिए

रौतहट, ५ भदौ । रौतहटमा बर्दीमै अर्केष्ट्रामा नाच्ने प्रहरी नायव निरीक्षक राजकिशोर साहलाई धनुषा गणमा तानिएको छ ।
पदीय आचरण विपरीत सार्वजनिक स्थलमा अर्धनग्न नर्तकीहरुसँग नाचेको भिडियो सार्वजनिक भएपछि उनीमाथि कारबाही गरिएको हो ।
सई साहले बर्दीमै नाचेको भिडियो सार्वजनिक भएपछि उनीमाथि अनुसन्धान गर्न धरमपुर चौकीको प्रमुखको जिम्मेवारी खोसेर धनुषा गणमा पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता सुनिल मल्लले जानकारी दिए ।
रौतहटको गढीमाई नगरपालिका–६ धरमपुरमा कृष्ण जन्माष्टमीको अवसरमा लागेको मेलामा प्रहरी नायव निरीक्षक साह भोजपुरी गीतमा नाचेका थिए ।
अर्धनग्न नर्तकीहरुसँग उनी नाचेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


