सिरहा, ५ भदौ । सिरहाको लहान नगरपालिकाले नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनमा शोक विदा दिएको छ ।

नगरप्रमुख महेश चौधरीले नेता गिरीको निधनमा नगरपालिकाले आज शोक विदा दिएको बताए ।

लहान–१० निवासी गिरीको उपचारका क्रममा ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा शनिबार राति साढे ९ बजे निधन भएको थियो ।

गिरीको निधनले लहान नगरपालिकास्थित बस्तीपुरगाउँ शोकमा डुबेको छ ।

समाजवादी चिन्तक गिरी २०७४ को निर्वाचनमा सिरहा क्षेत्र नम्बर–१ बाट निर्वाचित भएका थिए ।