सिरहा, ४ भदौ । सिरहा प्रहरीले ठूलो मात्रामा लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले लहान नगरपालिका वडा नम्बर–१९ कटहामा स.५ प.७७५५ नम्बरको मोटरसाइकललाई शङ्का लागि चेकजाँच गर्ने क्रममा लक्ष्मिपुरपतारी गाँउपालिका–६ बस्ने ३२ वर्षीय निरन्जन यादवलाई पक्राउ गरेको हो ।

उनको साथबाट फेनरागन, डाईजिपाम र ब्युप्रिनोर्फिनलगायतका लागूऔषध फेला पारेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ ।

यादवलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय लहानबाट थप अनुसन्धान कार्य भइरहेको प्रहरीको भनाइ छ ।