रौतहट, ४ भदौ । रौतहट प्रहरीले चोरीको मोटरसाइकलसहित एक युवकलाई पक्राउ गरेको छ ।

प्रहरीले शनिबार जिल्लाको गढीमाई नगरपालिका–९ बस्ने २२ वर्षीय होसनारायण यादवलाई पक्राउ गरेको हो ।

जिल्लाको गरुडा नगरपालिका–४ पानी ट्याङ्की सडकमा यादवले चलाउँदै गरेको प्र.३–०२–१३ प. ३०९९ नम्बरको २२० सिसीको पल्सर मोटरसाइकलसहित उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।

आरोपी यादवमाथि चोरी कसुर अन्तर्गत मुद्दामा जिल्ला अदालत रौतहटबाट म्याद थमाई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।