महोत्तरीबाट भन्सार छलेर ल्याइएका लाखौं मूल्य बराबरको सामान बरामद

महोत्तरी, ३ भदौ । महोत्तरीको गौशालाबाट काठमाडौं जाँदै गरेको बसबाट भन्सार छलीको लाखौं मूल्य बराबरका सामान बरामद भएका छन् ।
सशस्त्र प्रहरीले सर्लाहीको हरिवनबाट १० लाख रुपैयाँ बराबरको अवैध कपडा बरामद गरेको हो ।
प्रदेश.३–०१–००६ ख ०७४४ नम्वरको यात्रुबाहक बसबाट भन्सार छलेर ल्याइएको कपडा बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।
बिहीबार साँझ ८ बजे पूर्व–पश्चिम राजमार्गस्थित हरिवन नगरपालिका–११, बासाटोल चोकमा बस रोकेर चेकजाँच गर्दा बिलबिजक नभएको १० लाख रुपैयाँ बराबरको कपडा बरामद गरेको सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाँले जानकारी दिए ।
आवश्यक प्रक्रिया पूरा गरी कपडा भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


