सप्तरीमा करेन्ट लागेर एक युवकको मृत्यु

सप्तरी, ३ भदौ । सप्तरीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको बोदेबर्साइन नगरपालिका–३ मधुवन बस्ने १८ वर्षीय राम नरेश यादव रहेका छन् ।
टेवल पंखामा करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
आफ्नै घरको बरण्डामा टेवल पंखा पर्खालमा राखेर चलाइरहेको अवस्थामा अचानक हातले छुनगएपछि करेन्ट लागेर घाइते भएका यादवलाई उपचारका लागि छिन्नमस्ता अस्पताल राजबिराज लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


