पत्नीको बलात्कार गरेको आरोपमा पति पक्राउ

काठमाडौं, ३ भदौ । पत्नीको बलात्कार गरेको आरोपमा पतिलाई पक्राउ गरिएको छ ।
आफ्नै पत्नीले दिएको बलात्कारको उजुरीका आधारमा प्रहरीले मकवानपुरको थाहा नगरपालिका–७ घर भई काठमाडौंको बानेश्वर बस्ने २५ वर्षीय दिनेश कार्कीलाई पक्राउ गरेको हो ।
कार्कीविरुद्ध उनकै पत्नीले जबर्जस्ती करणी गरेको जाहेरी दिएकी थिइन् । बागबजारमा आफुलाई बलात्कार गरेको पत्नीको आरोप छ ।कार्कीलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले साउन १७ मा पक्राउ अनुमति दिएको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई अनामनगरबाट पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


