बलात्कारको आरोप लागेका क्याम्पस प्रमुख नेगी कारागार चलान

कैलाली, २ भदौ । बलात्कारको आरोप लागेका बैतडीको पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगीलाई कारागार चलान गरिएको छ ।
जिल्ला अदालतले नेगीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।
कैलालीकी एक महिलाले इलाका प्रहरी कार्यालय पाटन बैतडीमा उनि विरुद्ध जबरजस्तीकरणी मुद्दा दर्ता गरेकी थिइन् । कैलाली घर भइ बैतडीको पुर्चौंडीमा ज्याला मजदुरी गर्दै आएकी ती महिलामाथि क्याम्पस प्रमुख नेगीले बलात्कार गरेको आरोप लागेको थियो ।
२० असारमा पानी माग्ने निहुँमा महिलामाथि नेगीले बलात्कार गरेको आरोप बताइएको छ । आरोप लागेपछि क्याम्पस प्रमुख नेगीले असार २७ गते नै पदबाट राजीनामा दिइसकेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


