मधेस प्रदेश : सवारी साधन कारवाहीबाट २२ करोडभन्दा बढी राजश्व संकलन

बारा, १ भदौ । मधेस प्रदेशमा सवारी साधन कारवाहीबाट एक वर्षमा २२ करोडभन्दा बढी राजश्व संकलन भएको छ ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया, बाराले आर्थिक वर्ष २०७८/७९ मा २२ करोड ४४ लाख राजस्व संकलन गरेको छ ।
दुई लाख ६४ हजार ९१० साना ठूला सवारीसाधनका चालकलाई सवारी नियम उल्लंघन गरेपछि दण्डजरिवाना गरी उक्त रकम असुल गरिएको हो ।
मधेस प्रदेशका ८ जिल्लाका ट्राफिक प्रहरी कार्यालयबाट गत आवमा सवारी नियम उलंघन गरी दण्डजरिवाना असूल गरिएको प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
सो क्रममा ९९ हजार ३५८ ट्रक चालकबाट ११ करोड ५२ लाख ४३ हजार, ७६ हजार ७१३ मोटरसाइकल चालकबाट ४ करोड ९५ लाख ७५ हजार तथा ४७ हजार ५०५ कार, जीप र भ्यान चालकबाट ३ करोड २० लाख राजस्व असूल गरिएको छ ।
यसैगरी, १५ हजार ५४० ट्याक्टरका चालकबाट ९६ लाख, १३ हजार ४२० टेम्पु चालकबाट ९० लाख ६४ हजार र ११ हजार ६७७ बसका चालकबाट ८९ लाख २० हजार दण्डजरिवाना गरी राजस्व संकलन गरिएको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


