कैलाली, १ भदौ । दार्चुलामा जीप दुर्घटनामा परेर मृत्यु भएकाहरुको पहिचान खुलेको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा बझाङका हिक्मत जाग्री, पुने बोहरा, उजाले बोहरा, रैभान बोहरा र चम्फा बोहरा रहेका छन् ।

गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगातर्फ गइरहेको से १ ज ५५१ नम्बरको जिप बुधबार दिउँसो शैल्यशिखर नगरपालिका–६ उल्लानीमा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परेर मालिकार्जुन–३ बस्ने ५० वर्षीया गोमतीदेवी धामी, सोही ठाउँकी ३० वर्षीया गोमती धामी, २१ वर्षीय सुमनसिंह धामी, ४२ वर्षीया रुपा धामी, मालिकार्जुन–६ बस्ने ४० वर्षीया रेवती धामी र महाकाली नगरपालिका–३ का ३५ वर्षीय रमेश लुहार घाइते भएका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

घाइतेहरुको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।