जीप दुर्घटनामा परी १५ जना घाइते

लमजुङ, १ भदौ । लमजुङमा जीप दुर्घटनामा परी १५ जना घाइते भएका छन ।
जिल्लाको मस्र्याङ्दी गाउँपालिका–२, घनपोखरामा बुधबार दिउँसो जीप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । घाइते मध्ये १० जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
बेसीसहरदेखि घनपोखरा जाँदै गरेको ग १ ज ७४१७ नम्बरको जीप घनपोखराको भाचेस्थित सडकबाट बीस मिटर तल खसेको थियो ।
घाइतेलाई चारवटा जीपमा उद्दार गरि लमजुङ जिल्ला अस्पताल लगिएको लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलले बताए ।
घाइते सबै स्थानीय रहेपनि कसैको पनि नामथर अहिलेसम्म खुल्न सकेको छैन ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


