सुर्खेत, २९ साउन । कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री वीरबहादुर शाहीले पदभार सम्हालेका छन् ।

आइतबार कर्णाली प्रदेश प्रमुख तिलक परियारसँग शाहीले पद तथा गोपनीयताको शपथ लिएका हुन् । सो अवसरमा मुख्यमन्त्री जीवनबहादुर शाही पनि उपस्थित थिए ।

शाहीलाई शुक्रबार मुख्यमन्त्री शाहीले मन्त्री नियुक्त गरेका थिए । गैर सांसद कार्चेन लामाको कार्यकाल ६ महिना पूरा भएपछि उद्योग मन्त्रालय खाली थियो ।