सर्लाही, २९ साउन । सर्लाहीमा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

जिल्लाको लालबन्दी नगरपालिका–५ रंजितपुरमा शनिबार साँझ ट्रयाक्टर दुर्घटना हुँदा ट्रयाक्टरमा सवार स्थानीय ३६ वर्षीय लल्लु माझी मुसहरको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका मुसहरको उपचारका क्रममा मलंगवास्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बालुवा लोड भएको ना ५ त ९९७१ नम्बरको ट्रयाक्टर शनिबार साँझ ६ बजे अनियन्त्रित भइ पल्टिएको थियो ।

दुर्घटना पश्चात फरार रहेका ट्रयाक्टर चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय लालबन्दी सर्लाहीले जनाएको छ ।